We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Haldibari Gaunpalika | हल्दीबारी गाउँपालिका Zeichen

1.0 by Crystal Software Nepal


Jul 24, 2018

Haldibari Gaunpalika | हल्दीबारी गाउँपालिका Screenshots

Über Haldibari Gaunpalika | हल्दीबारी गाउँपालिका

Haldibari Gaunpalika | हल्दीबारी गाउँपालिका

संक्षिप्त परिचय

झापाको हल्दीबारी गाउँपालिकाको सीमाना भद्रपुर नगरपालिकासँग जोडिएको छ । यसको दक्षिणतिर भने केचनाकवल गाउँपालिका पर्दछ । हल्दीबारी लगायतका यी स्थानहरू ऐतिहासिक रूपमा निकै महत्वपूर्ण छन् । यस भेगको इतिहास साहित्यिक स्रोतहरूका आधारमा आजभन्दा करिव ३००० वर्ष अगाडिसम्म पुग्ने गर्दछ । यसको सीमावर्ती गाउँ केचनाकबलमा पर्ने किचकवध स्थानमा महाभारतका पात्र किचकको बध भएको थियो भन्ने साहित्यिक विवरण पाइन्छ । प्राप्त कथाअनुसार गुप्तवासमा विराटराजाको दरबारमा बसेका पाण्डवमध्यको भीमले किचकलाई यही स्थानमा बध गरेका थिए भनिन्छ । यसै नामका आधारमा यसलाई किचक बध भनिएको हो भन्ने विश्वास छ । यसैगरी यस भेगलाई विराटको साल किचकको राज्यभित्र पर्ने पनि बताइन्छ । विभिन्न किंवदन्ती तथा लोकपरम्पराका आधारमा किचक किराती थिए । तिनको राज्यको पश्चिमी सीमाना भने माईनदी थियो । किचक बध क्षेत्रमा गरिएको उत्खनन्ले पनि त्यस भेगमा इसापूर्व कालमा मानिसहरूको वस्ति बसिसकेको दर्साएको छ । कालान्तरमा सम्भवत बाढीका कारण यस भेगको पुरानो वस्ति विनास भयो र यस भेगको इतिहास पनि टुट्न पुग्यो ।

महाभारतको कथा र विभिन्न लोकोक्ति तथा किंवदन्तीका आधारमा हल्दीबारी लगायतको किचकबध क्षेत्रमा विस्तारै कालक्रमले गर्दा वस्ति विनास भयो र निर्जन जंगलका रूपमा परिणत हुनपुग्यो । त्यसपछि पुन बौद्ध कालमा यस भेगमा मानिसहरूको बस्ति बसेको अनुमान छ । शाक्यमुनि बुद्धको समयताका यस भेगमा थुप्रै वस्तिहरू थिए । तसर्थ बुद्ध बारम्बार यस भेगको भ्रमणमा आउने गरेको किंवदन्ती पाइन्छ । हल्दीबारीको केही दक्षिणतिर कर्णसुवर्ण नामको एउटा प्रख्यात शहर थियो, जहाँ हजारौंको सङ्ख्या मा बौद्ध भिक्षुभिक्षुणीहरू बस्तथे भनिन्छ । बुद्धको अवसानका साथमा यहाँको वस्ति कारणवस विनास भयो र यो स्थान जंगलले ढाकेर रह्यो ।

प्राचीन कालमा झापाको हल्दीबारी लगायतको क्षेत्र पुण्ड्रबर्धन अन्तरगत पनि रह्यो । पुण्ड्रवर्धनको सीमा पूर्वमा तिष्टा थयो भने यसको फैलावट उत्तरमा महाभारत पर्वत श्रेणी तथा दक्षिणमा गंगा नदी थियो । त्यसपछि यो भेग विभिन्न रजौटाको अधिनमा पर्दै विजयपुरको अधिनमा पर्न पुग्यो । विजयपुरमा विजयनारायणले राज्य स्थापना गरेपछि यो भेग पनि विजयनारायणको अधिनमा परेको हो । यसैगरी विजयपुर पाल्पाली सेनको अधिनमा पर्दा हल्दीबारी भेग पनि सेनहरूको एउटा भूभाग बन्न पुग्यो । नेपाल एकीकरण पछि भने यो स्थान बृहत्तर नेपालमा परेको हो ।

एकीकरणपछि हल्दीबारी लगायतको झापा पनि मोरंग भेगबाट शासित थियो । राणकालतिर भने यताको प्रशासन झापाबाट चलाउन लागियो । यहाँ झापाको मतलव अहिलेको कुमारखोत हो । उक्त स्थान अघि चारैतिरबाट जंगलले झापिएको या घेरिएको हुनाले तथा जंगलको बीचमा वस्ति बसेको हुनाले स्थानीय राजवंशी भाषामा यसलाई झापा भनियो । यही आधारमा यस जीवल्लाको नाम पनि झापा रहेको हो । आजभोलि पनि झापाबजार भन्नाले कुमारखोतलाई बुझिन्छ । नेपाल एकीकरण पछि झापा जीवल्लाको प्रशासनिक कार्य झापा गोश्वाराले हेर्ने गर्दथ्यो । पछि झापाको झापा क्षेत्र हेर्ने गोश्वारा झापा बजारमा सारियो । यहाँ झापाको अर्थ राजबंशी भाषामा ढकनी या विर्को या छोप्ने कुरा भन्ने हुन्छ । अघि कुमारखोद गाउँ चारैतिरबाट जंगलले घेरेको या छोपेको हुनाले यसलाई झापा भनियो र पछि त्यही गाउँमा रहेको गोश्वाराको नामका आधारमा यस जीवल्लाको नाम पनि झापा रह्यो भनिएको छ । हल्दीबारी यही कुमारखोदको सीमावर्ति गाउँ हो ।

नेपाल एकीकरणपछि झापालाई झापा प्रगन्नाभित्र राखिएको थियो, जुन प्रगन्नाभित्र सुनसरी, मोरंग र झापाको सम्पूर्ण क्षेत्र पर्दथ्यो । वि.सं. २०१८ सालको राजनैतिक विभाजन पश्चात् मोरंगबाट सुनसरी र झापा जीवल्लालाई अलग गरेपछि झापा जीवल्लाको वर्तमानको स्वरूप कोरिएको हो । झापाका मुख्य ऐतिहासिक स्थानमा अर्जुनधारा, कोटीहोम, कन्काईमाई, कलवलगुडी, केचनाकवल, कृष्णथुम्की, चन्द्रगढ, चिल्लागढ, दोमुखा, धनुषकोटिधाम, बाह«दसी, पातालगंगा, विराटपोखर, किचकबध, साताक्षीधाम र समयगढ हुन् । यिनै पुराना वस्तिक्षेत्रको सीमावर्ति गाउँ हल्दीबारी ऐतिहासिक रूपमा पनि प्रख्यात छ । हुलाकी मार्ग यहींबाट भद्रपुरतिर गएको छ । तसर्थ हल्दीबारी भद्रपुरको सीमावर्ती गाउँ रहेको छ ।

Was ist neu in der neuesten Version 1.0

Last updated on Jul 24, 2018

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Übersetzung wird geladen...

Zusätzliche APP Informationen

Aktuelle Version

Haldibari Gaunpalika | हल्दीबारी गाउँपालिका Update anfordern 1.0

Erforderliche Android-Version

4.0.3 and up

Mehr anzeigen
Abonnieren Sie APKPure
Erhalten Sie als der Erste den Zugang zu Vorabversionen, Neuigkeiten und Anleitungen der besten Android-Spiele und -Apps.
Nein, danke
Anmeldung
Erfolgreich abonniert!
Sie haben jetzt APKPure abonniert.
Abonnieren Sie APKPure
Erhalten Sie als der Erste den Zugang zu Vorabversionen, Neuigkeiten und Anleitungen der besten Android-Spiele und -Apps.
Nein, danke
Anmeldung
Erfolg!
Sie sind jetzt unseren Newsletter abonniert.